Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

भारतीय अभिनेता सचिन कुमारको निधन !

भारतीय अभिनेता सचिन कुमारको निधन !

भारतीय अभिनेता सचिन कुमारको हृदयघातका कारण शुक्रबार निधन भएको छ । टिभी सिरियल ‘कहानी घर घर की’ बाट चर्चामा आएका उनी पछिल्लो समय अभिनय छोडेर फोटोग्राफी तिर लागेका थिए ।

टिभी अभिनेता राकेश पलले उनको अचानकको मृत्युमाथि शोक व्यक्त गर्दै फेसबुक पोस्ट लेखेका छन् । उनले कुमारको फोटो सेयर गर्दै लेखे, ‘तिम्रो हँसिलो अनुसार सधैं सम्झिरहनेछु मेरो भाइ... सचिन कुमारले निकै चाँडै यो संसारलाई अलविदा भने, तिम्रो आत्माले शान्ति पाओस् भाइ..’

टाइम्स अफ इन्डियासँगको कुराकानीमा राकेश पलले भने, ‘उनको मृत्युको खबर पाउँदा उनको अन्तिम संस्कार भइसकेको रहेछ । मैले थाहा पाएअनुसार उनी सुत्न भनी गएका थिए तर उनले भोलिपल्ट बिहान ढोका खोलेनन् । उनका आमाबुवा आत्तिएर आफूसँग भएको साँचोले ढोका खोल्दा उनको मृत्यु भइसकेको देखे । उनी आफ्नो आमा–बुवासँगै बस्दथे । उनको मृत्यु सायद अबेर राती वा बिहान सबेरै भएको हुनुपर्छ ।’सचिन नायक अक्षय कुमारका मामाको छोरा हुन् ।