Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

दु:खद खवर : भोजपुरी फिल्मका चर्चित निर्देशक अनिल अजिताभको निधन

दु:खद खवर : भोजपुरी फिल्मका चर्चित निर्देशक अनिल अजिताभको निधन

काठमाडौं - भोजपुरी निर्देशक अनिल अजिताभको सोमवार निधन भएको छ । भारतिय मिडियाका अनुसार उनको सोमवार भारतको पटनामा निधन भएको हो । हालसम्म धेरै भोजपुरी र हिन्दी फिल्मको निर्देशन गरेका उनी निकै चर्चित निर्देशक थिए ।

उनको निधनले अहिले भोजुपरी फिल्म उद्योग शोकमा डुबेको छ । उनको निधनको खबरले धेरैले सामाजिक सञ्जालमार्फत दुख व्यक्त गरेका छन् । उनले हम बाहुबली, रणभूमि, एक दुजे के लिए लगायतका धेरै भोजपुरी फिल्मको निर्देशन गरेका थिए ।