Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

दिवेश पोखरेल पुगे अमेरिकन आइडलको शीर्ष १० मा

दिवेश पोखरेल पुगे अमेरिकन आइडलको शीर्ष १० मा

नेपाली मूलका दिवेश पोखरेल अमेरिकन आइडलको शीर्ष १० मा पुग्न सफल भएका छन् ।

आइतबार रातीको कार्यक्रममा आइडलले शीर्ष २० बाट शीर्ष ११ प्रतिस्पर्धी छनोट गरेको हो । शीर्ष १० प्रतियोगी अडियन्सको भोटमार्फत् छनोट गरिएको हो भने अर्का एक प्रतियोगीलाई निर्णायक मण्डलले छानेका हुन् ।

कोरोनाभाइरसको महामारीका कारण प्रत्येक प्रतियोगीले आफ्नै घरबाट प्रस्तुती दिँदै आएका छन् । शीर्ष १० का लागि छनोट भएपछि दिवेशले जोन डेनभरको गीत ‘कन्ट्री रोड’ गाएका थिए । यसमा उनले ‘रेगे ट्वीस्ट’ थपेका छन् ।