Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

मिलनको नेवारको नयाँ गीत सार्वजनिक

मिलनको नेवारको नयाँ गीत सार्वजनिक

काठमाण्डौ,पछिल्लो समय धेरै दर्शकहरुको मन जित्दै आएकी गायिका मिलन नेवारको नयाँ गीत सार्वजनिक भएको छ । डीपी दाहालको शब्द रचना रहेको गीतमा शम्भुजीत बास्कोटाले संगीत भरेका छन् ।

गीतको भिडियोमा आशिष दाहाल, करिश्मा ढकाल र सुदिप भट्टराईको अभिनय छ । रोमान्टिक गीतको भिडियोलाई नवराज घिमिरेले खिचेका छन् भने सम्पादन, कलर, तथा निर्देशन शक्ति प्रज्वल घिमिरेले गरेका छन् । फिल्मी गीतहरुमा पनि आवाज दिरहेकी मिलनको यो गित पनि चर्चामा आउने छ आशा गरौ ।