काठमाण्डौ,
पछिल्लो समय एकपछि अर्को चलचीत्र बनाउने होडबाजी चलिरहेको छ । अब कस्तो कथा राखेर चलाचित्र बनाउदा दर्शकको मन जित्न सकिन्छ भन्ने कुरामा निर्णायक पक्षपनि सोच्न थालेका छन । यस्तै अहिले नेपालि कथानक चलचित्र ‘आमा’ आजबाट प्रदर्शनको चौथो हप्तामा प्रवेश गरेको छ । दीपेन्द्र के खनालको चलचित्र आमा क्यूएफएक्स चेनसहित केही हलमाा चौथो हप्तामा प्रवेश गरेको हो ।
निर्माण पक्षले दर्शकले चलचित्रप्रति देखाएको माया र प्रदान गरेको उत्साहले थप हौसला प्रदान गरेको जनाएको छ । “दर्शकले हामीलाई गरेको मयाले अर्को राम्रो चलचित्र बनाउन थप हौसला प्रदान गरेको छ,” निर्देशक दीपेन्द्र भन्छन् । निर्माण पक्षले चलचित्रले लगानी उठाएर नाफामा गएको पनि स्पष्ट पारेको छ । दीपेन्द्रको लेखन, छायांकन तथा निर्देशन रहेको चलचित्रमा मिथिला शर्मा, सुरक्षा पन्त, सरिता गिरी, मनिष निरौला मुख्य भूमिकामा छन् ।
हस्पिटल ड्रामा ‘आमा’ लाई सर्मिला पाण्डेले निर्माण गरेकी हुन् ।