Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

पाँच तारे होटलमा बिबाह गर्दै नायिका आँचल शर्मा र उनका प्रेमी उदिप

पाँच तारे होटलमा बिबाह गर्दै नायिका आँचल शर्मा र उनका प्रेमी उदिप

काठमाण्डौ,

यो बर्षमात्रै धेरैजना फिल्मी कलाकारहरु बैबाहिक सम्बन्धमा प्रवेश गरेका छन । ऋचा शर्मा ,प्रियंका कार्की ,तेस्तै आजबाट नायिका आचल शर्मा पनि बैबाहिक सम्बन्धमा जोडिदै छिन ।

आफ्ना प्रेमी डाक्टर उदिप श्रेष्ठको साथमा उनी बैबाहिक जीवनमा बाँधिदैछिन् । आँचल र उदिपको आज काठमाण्डौको एक पाँच तारे होटलमा बिबाह हुँदैछ । आँचल र उदिपले बिबाहलाई विशेष बनाउनका लागि केही दिनदेखि तयारी गरिरहेका थिए । आँचल र उदिपको बिहे अगाडि संगीत समारोह, मेहेन्दी समारोह आयोजना गरिएको थियो । आँचल र उदिपले हातमा एक अर्काको नाम लेखेका छन् । यी दुइको बिहेमा आफन्त, साथीभाइ र सिमित चलचित्रकर्मीलाई मात्र निमन्त्रणा गरिएको छ । आँचल र उदिपले चैत्र १ गते भने काठमाण्डौको एक पाँच तारे होटलमा बिहे भोजको आयोजना गरेका छन् ।गतबर्षको दशैंमा भेट भएपछि नजिक भएका आँचल र उदिप १ बर्ष भन्दा लामो समय प्रेम सम्बन्धमा रहेर बिबाह बन्धनमा बाँधिन लागेका हुन् ।