Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

अविनास घिसिङको ‘माथिल्लो लेकमा’ नामक नयाँ गित सार्वजनिक

अविनास घिसिङको ‘माथिल्लो लेकमा’ नामक नयाँ गित सार्वजनिक

काठमाण्डौ,

गायक अविनास घिसिङको ‘माथिल्लो लेकमा’ बोलको गीत सार्वजनिक भएको छ। युट्युबमार्फत सार्वजनिक गरिएको उक्त गीत सेलो टोनमा रहेको छ। गीतमा सुवानी मोक्तान, अराज केशवको पनि अवाज सुन्न सकिन्छ। गीतमा सुवानी, अराजसँगै डिजे तेन्जिङ पनि ‘फिचर्ड’ छन्।

विभोर पोखरेलको निर्देशनमा तयार गीतको भिडियोमा दुई जना युक्रेनी, एक रसियन र एक इजरायली कलाकारको अभिनय देख्न सकिन्छ। गीत गायक अविनासकै शब्द तथा सङ्‌गीतमा तयार गरिएको हो। अनिल के मानन्धर र मिलन शंकरको छायाङ्‌कनमा तयार गीतमा मोहित मुनालको ध्वनी संयोजन तथा सुप्रिम पराजुलीले सम्पादन रहेको छ।