काठमाण्डौ,
अहिले निकै नै चर्चामा रहेको रियालिटी सो कमेडी च्याम्पियन को अन्तिम नतिजा आउँ बाकि छ । तिन जना प्रतिस्पर्धीबीच को प्रथम हुने होडबाजी चलिरहेको छ । चैत १ गते होटल सोल्टी वा आर्मी अफिसर क्लब मध्ये एकमा हुने भनिएको नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी सो ‘कमेडी च्याम्पियन’ को ग्रान्ड फिनाले अब आफ्नै स्टुडियोमा हुने भएको छ । ग्रान्ड फिनालेका प्रमुख अतिथि महजोडी र राजेश हमाल छन् ।
ग्रान्ड फिनालेमा सुमन कोइराला, खड्गबहादुर पुन र हिमेश पन्त पुगेका छन् । सुमन र खड्गबहादुर वाइल्ड कार्ड इन्ट्रीबाट सोमा पुनः प्रवेश गरेका प्रतिस्पर्धी हुन् ।
‘कमेडी च्याम्पियन’मा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा निर्णायक छन् । र होस्ट रिमा विश्वकर्माले गर्दै आएकी छिन् । सबैजनाको चासोको कुरा छ बिजेता को बन्छ भनेर तर त्यसका लागि चैत १ गते सम्म पर्खिनै पर्ने हुन्छ ।