Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

कांग्रेस महामन्त्री शशांक कोइरालाको गाडी टेकुको पुलमुनिको बाढीमा फस्यो, यस्तो छ पछिल्लो अवस्था

कांग्रेस महामन्त्री शशांक कोइरालाको गाडी टेकुको पुलमुनिको बाढीमा फस्यो, यस्तो छ पछिल्लो अवस्था

काठमाडौँ – देशको राजधानी काठमाडौँमा नै वर्षाका कारण जनजीवन अस्तब्यस्त बनेको छ । काठमाडौँ केन्द्र आसपासका स्थानमा बाढी र पहिरोका कारण सर्वसाधारण मात्रै होइन भिआइपीहरु पनि अप्ठ्यारोमा परेका छन् । गएरातीदेखि परेको अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाका खोलानालामा पनि बाढीको असर देखिएसँगै खाल्डा खुल्डीमा पर्नेहरुको संख्यामा बढेको छ ।

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला सवार गाडी पानीको खाल्डोमा फसेको छ । काँग्रेस महामन्त्री कोइरालाको गाडी टेकुको पुलमुनि फसेको हो ।

केन्द्रीय समिति बैठकमा सहभागी हुन सानेपास्थित कांग्रेस कार्यालय जाने क्रममा कोइराला सवार गाडी बागमती सडक कोरिडोरमा फसेपछि उनी निकैबेर त्यहाँ अल्मलिएको स्रोतले जनाएको छ ।

त्यस्तै अविरल वर्षा पछि पहिरो जाँदा र जमिन भासिँदा घरहरुमा क्षति पुगेपछि ३० भन्दा बढी परिवार विस्थापित भएका हुन्। गाउँपालिकाको वडा नं ४ कालेश्वरमा ३० भन्दा बढी घरहरुमा आंशिक र पूर्णक्षति पुगेको छ। स्थानीयहरुले दिएको जानकारी अनुसार क्षति पुगेका केहि घरहरुको अवस्था बस्न हुने छैन।