Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

डीसहोमले ल्याउने भयो इन्टरनेट सेवा

डीसहोमले ल्याउने भयो इन्टरनेट सेवा

नेपालमा धरै भन्दा धेरैले प्रयोग गर्छन डिसहोम । धेरै नेपालीको को मन जित्न सफल छ डीसहोम । अरु कम्पनीले इन्टरनेटसेवा सहितको सुबिधा दिदैगर्दा

नेपालमा डिटिएच(डाइरेक्ट टु होम) टिभीको सेवा दिइरहेको डिश होम नेटवर्कले इन्टरनेट सेवा पनि दिने भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणबाट सेवा सञ्चालन अनुमति पत्र पाएपछि कम्पनीले तयारी गरिरहेको हो। कम्पनीका प्रबन्ध निर्देशक सुदीप आचार्यका अनुसार पहिलो चरणमा परीक्षणका रुपमा काठमाडौंका केही ठाउँबाट सेवा सुरु हुने भएको छ।

पाटन,तीनकुने र भैसेपाटीजस्ता ठाउँबाट यो सेवा सुरु हुने र विस्तारै देशव्यापी रुपमा जाने उनको भनाइ छ। देशका अधिकांस स्थानमा एन्टेनाको माध्यमबाट टिभी सिग्नल वितरण गरिरहेको कम्पनीले त्यही सञ्जालबाट इन्टरनेट पनि वितरण गर्ने योजना बनाएको छ। तार नपुग्ने ठाउँमा स्याटेलाइटबाट पनि इन्टरनेट दिने कम्पनीको योजना छ। फोरजी नपुगेको र तार लिन नसक्ने ठाउँमा डिशहोमसँगै इन्टरनेट वितरण गर्ने कम्पनीको योजना रहेको छ। तर स्याटेलाइट इन्टरनेट महंगो हुने भएकाले कम्पनीले तत्काल यसमा हात हाल्ने सम्भावना भने छैन। कम्पनीका अनुसार देशभर १५ लाख डिशहोमका ग्राहक छन्। डिजिटल टिभी पनि डिशहोमले सञ्चालन गरिरहेको छ सिम टिभीका नामबाट । यसका ग्राहक १ लाख ५० हजार छन्। फाइबर इन्टरनेटका लागि कम्पनीले यही नेटवर्क प्रयोग गर्नुका साथै ग्राहक पनि एकैपटक तान्नसक्ने सम्भावना छ। डिशहोमको इन्टरनेट र टीभी सेवा विश्वासनीय हुने आचार्यको भनाइ छ।