Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

नेपाल टेलिकमले दियो साढे दुई हजार सिम निशुल्क

नेपाल टेलिकमले दियो साढे दुई हजार सिम निशुल्क

नेपाल टेलिकम ले समय ,समयमा भिभिन्न प्रकारका अफरहरु दिरहेको हन्छ । टल्क टाइम ,डाटा प्याक यस्तै थुप्रै सिजनअनुसारका अफरहरु ल्याएको हुन्छ ।

र अहिले भर्खरै पनि नेपाल टेलिकम दूरसञ्चार कार्यालय गल्याङले दुई हजार पाँच सय सिम निःशूल्क वितरण गरेको छ। गल्याङ चेम्बर अफ कमर्शले आयोजना गरेको १० दिने महोत्सवका अवसरमा टेलिकमले उक्त सिम वितरण गरेको हो।

सर्वसाधारणलाई निःशूल्क वितरण गरिएको सिममा '५० टक भ्यालु' समेत रहेको छ। फोरजी प्रविधिमार्फत उच्च गतिको इन्टरनेट सेवामा सर्वसाधारणको रुचि देखिएकाले धेरै संख्यामा निःशूल्क सिम वितरण गरिएको नेपाल टेलिकम दूरसञ्चार कार्यालय गल्याङका कार्यालय प्रमुख राम राज उपाध्यायले बताए।

नेपाल टेलिकमले ७७ वटै जिल्लामा फोरजी सेवाको पहुँच विस्तार गरिसकेको छ।