Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

छोरीकी अगाडी लाज नमानी भने मदन राईले:मैले हजारौ महिला संग शारीरिक सम्पर्क गरे,बिधार्थीको अगाडी नाङ्गो हिड्छु

छोरीकी अगाडी लाज नमानी भने मदन राईले:मैले हजारौ महिला संग शारीरिक सम्पर्क गरे,बिधार्थीको अगाडी नाङ्गो हिड्छु

मदन राई ‘६७’ कृषिविज्ञका रुपमा प्रतिष्ठित नाम हो । गरिबी र अशिक्षाले ग्रस्त समाजमा जन्मी हुर्केका राई पहिलो अक्षर त्यो बेला सिके जुन बेला उनको उमेर ९ वर्षको थियो । पढाईमा अब्बल राईले कृषिमा बिएससी गरे । १७ वर्ष जागिर खाए । अमेरिकामा पिएचडी गर्दागर्दै यूएनका जागिर खान गए । विश्वका धेरै मुुलुक, त्यहाँको समाजलाई नजिकबाट नियालेका राई नेपालका ७५ जिल्ला त पैदल नै घुमेका छन् । धर्मशास्त्र र विज्ञानबीच फ्ुयजन छ भन्ने मान्यता राख्ने राई भन्छन्, ‘ फिजिक्सले प्रकाश, ताप र विद्युतको अध्ययन गर्छ । त्यो भनेको पञ्चतत्वकै कुरा हो । किनभने प्रकाश, ताप र विद्युत त घामले नै दिन्छ ।

विज्ञान भनेको त प्रकृतिको अध्ययन रहेछ । यो कुरा कहिले पनि पढिएन । सिकाइएन ।’ मान्छेले कपडा लगाउन थालेको ५–६ हजार बर्ष भयो । खेतिगर्न थालेको १० हजार वर्षजति भयो । त्यस अघि मानिसहरु जंगली युगमै थिए । चिसो हुँदा कपडा लगाउने चलन आयो । कपडा पनि शरिरको सबैभागमा छोपिँदैन । विशेषगरी योनी, लिंग, मलद्वार, स्तनमा कपडाले ढाकिन्छ । अन्त नढाक्दा पनि हुन्छ । यस्तो किन ? राई भन्छन्, ‘संसार घुमेँ, समस्याको जड खोजेँ । लाखौ वर्षसम्म मानिसहरु नांगै बसे । कपडाको चलन त पछि आएको रहेछ । अनि थाहा पाएँ समस्या त यहिँबाट शुरु भएको हो ।’ भिडियो हेरौ :

राइको विचारमा यौनलाई हरेक धर्मले नियन्त्रण गरेको छ । व्यवस्थित गर्दा हुने विषयमा धर्मले नियन्त्रण गरिदियो । यौन कुनै लुकाउनु पर्ने विषय होइन । तर बनाइयो । यौनमा शक्ति हुन्छ । शक्ति भनेको इश्वर हो । शक्तिकै कारण यौनपछि मान्छे जन्मिन्छ । श्रृष्टि चल्छ । यति धेरै महत्वको यौनलाई किन निचोरेर राखियो ? यो प्रश्नमा राइको तार्किक जवाफ छ– राख्नु पर्ने थिएन, राखियो । यौन त शिक्षा हो । शिक्षा दिनुको सट्टा लुकाएर राखियो भने समाज गलत दिशामा जान्छ । अहिलेसम्म भएकै त्यही हो । यौन, यौनांगका विषयमा फरक धारणा राख्ने राई विवाहका बारे पनि फरक विचार राख्छन् । जोसँग यौन सम्बन्ध राखियो, त्योसँग विवाह गर्नुपर्छ भन्ने मान्यता हाम्रो समाजमा छ । यो गलत धारणा हो । आपसी सहमतिमा आनन्दका लागि यौन सम्बन्ध हुन्छ भने त्यहाँ विवाहको कुरा आउन हुँदैन । विवाह फरक पाटो हो । विवाहले पुरुषमाथि अनावश्यक तनाव थोपर्छ । महिलाहरुलाई घरपालुवा मानिस बनाएर निष्क्रिय बनाउँछ ।