Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

कसले गर्यो लालबाबु पण्डितमाथि यस्तो दुर्व्यवहार ?

कसले गर्यो लालबाबु पण्डितमाथि यस्तो दुर्व्यवहार ?

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितमाथि दुर्व्यवहार गरिएको छ । शुक्रबार बिहान ललितपुरको जावलाखेलमा आयोजित आदिवासी जनजातिहरुको बैठक स्थलमा आदिवासी जनजाति युवा विद्यार्थीले मन्त्री पण्डितमाथि दुर्व्यवहार गरेका हुन् । सार्वजनिक कार्यक्रमस्थलमै पसेर युवाहरुको एक समूहले मन्त्री पण्डितलाई कार्यक्रमस्थलबाटै धपाएका हुन् ।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको १९ औं सञ्चालक परिषदको बैठक मा मन्त्री पण्डित अध्यक्षता गर्नका लागि कार्यक्रमस्थलमा पुगेका थिए । भित्र बैठक चलिरहेका बेला बाहिर केही युवाहरु कालोझण्डा लिएर प्रदर्शनमा उत्रिए ।

नारा लगाउँदै ती युवाहरुले बैठकस्थलभित्रै प्रवेश गरेर होहल्ला गर्न थाले । प्रत्यक्षदर्शीका अनुसार बैठकसमेत भाँडिएर स्थिति नियन्त्रण बाहिर जान थालेपछि अंगरक्षकले मन्त्री पण्डितलाई भीडबाट सकुशल जोगाएर गाडी चढाई मन्त्री क्वार्टरतर्फ लगे ।