Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बिश्वलाई चुनौती दिदै जापान ले सिक्स जी नेटवर्क ल्याउँदै

बिश्वलाई चुनौती दिदै जापान ले सिक्स जी नेटवर्क ल्याउँदै

विश्वका धेरै विकशित देशहरु अहिले फाइभ जी नेटवर्कका पूर्वाधारहरु विकास गर्ने काममा लागिरहेका छन् । विश्वमा फाइभ जी नेटवर्क पूर्ण रुपमा सञ्चालनमा आउनका लागि अझै केही वर्ष लाग्नेछ । तर जापान चाहिँ फाइभ जी भन्दा पनि एक कदम अगाडि बढ्दै सिक्स जी नेटवर्कको विकासमा अगाडि बढेको छ ।

फाइभ जी नेटवर्कको विकासमा अन्य विकसित मुलुकहरु भन्दा पछाडि रहेको जापान सिक्स जी नेटवर्कको मापदण्डको तयारीमा लागेको हो । जापानी सञ्चार माध्यम निक्केइको एक रिपोर्ट अनुसार जापानले सिक्स जी नेटवर्कको आउटलाइन तयार गरिरहेको छ ।

समाचार अनुसार जापानको सिक्स जी नेटवर्क मौजूदा फाइभ जी नेटवर्क भन्दा १० गुणा तिव्र गतिको हुनेछ ।

सिक्स जी नेटवर्क विकासका गर्नका लागि जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले यहीँ महिना सिभिलियन सोसाइटी अफ रिसर्चको गठन गर्नेछ ।

यद्यपि फाइभ जी भन्दा तिव्र गतिको नेटवर्क तयार गर्ने दौडमा केवल जापान मात्र होइन विश्वमा अन्य देशहरु पनि सामेल रहेका छन् । जापानको अलावा दक्षिण कोरिया, फिनल्याण्ड तथा चीनले पनि फाइभ जी भन्दा तिव्र नेटवर्कको विकास गर्ने तयारी गरिरहेका छन् ।

वास्तवमा फाइभ जी नेटवर्क फोर जी भन्दा २० गुणा तिव्र गतिको हुन्छ । अर्थात् फाइभ जी नेटवर्कमा एउटा पूरै फिल्म इन्टरनेटबाट केवल १ सेकेण्ड मात्रैमा डाउनलोड गर्न सकिन्छ ।

फाइभ जी नेटवर्कलाई एडभान्स्ड एप्लिकेसनको रुपमा स्वचालित सवारी साधनहरुमा समेत प्रयोग गर्न सकिन्छ । फाइभ जी को व्यवसायिक प्रयोग विश्वमा यसै वर्षबाट मात्र सुरु हुने अपेक्षा गरिएको छ ।