Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

नेपालमै यस्तो ठाउँ जहा १० रुपयामै पेटभरी भात खान पाईन्छ

नेपालमै यस्तो ठाउँ जहा १० रुपयामै पेटभरी भात खान पाईन्छ

गरिब, असाहयलाई लक्षित गर्दै बिर्तामोडका व्यवसायीले दश रुपैयाँमा वितरण गरेको खाना करिब १५ हजारले खाएका छन् ।

मेची अञ्चलको प्रमुख व्यापारिक केन्द्र बिर्तामोडमा गत पुस १६ गतेदेखि सञ्चालन गरिएको १० रुपैयाँको खाना आजसम्म वितरण गरिएको हो ।

विर्तामोडका युवा व्यवसायी प्रविण अग्रवाल, मनोज अग्रवाल र पुरुषोत्तम अग्रवालले विपन्न समुदायलाई लक्षित गर्दै वितरण गरिएको खाना दैनिक ५०० जनाले खाने गरेको प्रविणले बताए ।

दैनिक १५ हजार रुपैयाँ खर्च गर्दै एक महिनासम्म चिसोको समयमा खाना प्रदान गरिएको अग्रवालको भनाइ छ । मानवताको सेवा नै जीवनको सर्वोत्तमकार्य भएको उल्लेख गर्दै उहाँले यो कार्य आगामी वर्षमा पनि निरन्तरता प्रदान गरिने बताए ।

सेवा भावले १० रुपैयाँमा खाना वितरण गर्न थालिएपछि सबैभन्दा बढी दैनिक ज्यालादारीमा काम गर्ने मजदूरहरुले खाना खाएको बताइएको छ ।