Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

प्रहरी प्रधान कार्यालयले सूचना निकाल्दै भन्यो:गैरहाजिर रहेका कर्मचारी तुरुन्त सम्पर्कमा आउनु

प्रहरी प्रधान कार्यालयले सूचना निकाल्दै भन्यो:गैरहाजिर रहेका कर्मचारी तुरुन्त सम्पर्कमा आउनु

काठमाडौँ । प्रहरी कर्मचारीलाई सात दिनभित्र कार्यालयको सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले सार्वजनिक सूचना जारी गरेको छ।आफूखुसी कार्यालयमा गैरहाजिर रहेका प्रहरी कर्मचारीलाई कार्यालयको सम्पर्कमा आउन आग्रह गरिएको हो । 

सोमबार जारी सूचनामा सम्बन्धित प्रहरी कर्मचारीहरू तोकिएको मितिदेखि बिना जानकारी कार्यालयमा अनुपस्थित रहेको भनिएको छ। सूचना टाँस गरिसक्दा पनि उनीहरू सम्पर्कमा नआएपछि सार्वजनिक सूचना प्रकाशित गरिएको हो।

प्रहरीले सूचना प्रकाशित भएको मितिदेखि बाटोको म्याद बाहेक सात दिनभित्र गैरहाजिर रहनुको कारण खुलाएर सन्तोषजनक स्पष्टीकरणसहित सम्बन्धित कार्यालय वा सूचना जारी गर्ने कार्यालयमा हाजिर हुन आग्रह गरेको छ। तोकिएको अवधिभित्र सम्पर्कमा नआएमा सेवाबाट हटाउने कारबाही गरिने प्रहरीले जनाएको छ।

1785120392_2026-07-26-11-49-29-2083-04-11-17_Kq5lhCIdKs.jpg