Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

अमेरिकी आक्रमण जारी रहे कुनै सीमा सुरक्षित नरहने इरानको चेतावनी

अमेरिकी आक्रमण जारी रहे कुनै सीमा सुरक्षित नरहने इरानको चेतावनी

काठमाडौं । इरानले अमेरिकी आक्रमण जारी रहे कुनै पनि सीमा सुरक्षित नहुने चेतावनी दिएको छ । यो चेतावनी कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य अड्डामाथि इरानले आक्रमण गरेको बताइएको घटनाअघि सार्वजनिक गरिएको हो ।

इरानका नयाँ सर्वोच्च नेता मुज्तबा खामेनीईका वरिष्ठ सैन्य सल्लाहकार तथा रिभोलुसनरी गार्ड्सका पूर्वप्रमुख मेजर जनरल मोहसेन रेजाईले इरानी सञ्चारमाध्यमसँग कुरा गर्दै अमेरिकालाई प्रत्यक्ष चेतावनी दिएका हुन् । रेजाईले भने, “यदि, अमेरिकी आक्रमण अझ केही दिन जारी रहे हामी युद्धलाई पूर्ण रूपमा पुनः सुरु गर्ने चरणमा प्रवेश गर्नेछौँ ।”

इरानी सरकारी समाचार एजेन्सी आईआरआईबीका अनुसार, उनले इरान अब केवल बराबरीको जवाफी कारबाहीमा सीमित नरहने र त्यसपछि कुनै पनि सीमा सुरक्षित नहुने बताएका हुन् । उनको यो अभिव्यक्तिपछि इरानले कुवेत र जोर्डनमा रहेका अमेरिकी सैन्य अड्डालक्षित मिसाइल प्रहार गरेको जनाइएको छ ।