Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

जनकपुरका अतिक्रमित पोखरी र डिल ७ दिनभित्र खाली गर्न निर्देशन

जनकपुरका अतिक्रमित पोखरी र डिल ७ दिनभित्र खाली गर्न निर्देशन

काठमाडौँ । जनकपुरधामका गुठीअन्तर्गतका पोखरी र तिनका डिल क्षेत्रमा गरिएको अतिक्रमण सात दिनभित्र हटाउन सरकारले निर्देशन दिएको छ। तोकिएको समयभित्र अतिक्रमण नहटाए कानुनअनुसार कारबाही गरिने चेतावनी पनि दिइएको छ।

गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन–२०६२ कार्यान्वयन समितिले सार्वजनिक सूचना जारी गर्दै विशहरा पोखरी, दशरथ तालाउ, अर्गजा सर, रत्न सागर पोखरी, मुरली सर, दीर्घिका सर र गोडधोई पोखरीलगायतका जलाशय तथा तिनका डिल क्षेत्रमा रहेका अनधिकृत संरचना हटाउन निर्देशन दिएको हो।

समितिका अनुसार केही व्यक्ति तथा संस्थाले गुठीको जग्गामा अवैध रूपमा संरचना निर्माण गरी प्रयोग गर्दै आएका छन्। सार्वजनिक सम्पत्ति संरक्षणका लागि अतिक्रमण हटाउने अभियानलाई तीव्र बनाइएको भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।