काठमाडौँ । नेपालका लागि खरिद गरिएको ३० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्रिन थालेको छ। ग्लोबल टेन्डरमार्फत खरिद गरिएको मल भारतको कोलकाता बन्दरगाहमा आइपुगेपछि नेपालतर्फ ढुवानी प्रक्रिया सुरु भएको हो।
उक्त मलमध्ये पहिलो चरणमा १ हजार २५० मेट्रिक टन मल आज नेपालतर्फ पठाइएको छ। ढुवानी सुरु भएको यो खेप करिब चार दिनभित्र नेपाल आइपुग्ने अनुमान गरिएको छ।
बाँकी मल भने कोलकाता बन्दरगाहमै प्याकेजिङ (ब्यागिङ) भइरहेको छ। प्याकेजिङको काम सकिएलगत्तै बाँकी मल पनि क्रमशः नेपाल ल्याइने जनाइएको छ।
सरकारले कृषि उत्पादनका लागि आवश्यक रासायनिक मलको आपूर्ति सहज बनाउन उक्त मल आयात प्रक्रिया अघि बढाएको हो।