Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

एमालेविरुद्ध योजनाबद्ध दुष्प्रचार भएको केपी ओलीको दाबी

एमालेविरुद्ध योजनाबद्ध दुष्प्रचार भएको केपी ओलीको दाबी

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समाजमा झूटलाई सत्यका रूपमा प्रस्तुत गर्ने प्रवृत्ति बढ्दै गएको टिप्पणी गर्नुभएको छ। शुक्रबार पार्टीको नयाँ वेबसाइट र मोबाइल एप सार्वजनिक कार्यक्रममा बोल्दै ओलीले एमालेविरुद्ध योजनाबद्ध रूपमा गलत प्रचार भइरहेको दाबी गर्नुभयो।

ओलीले आफूहरूले गरेका कामको श्रेय अरूले लिने र भ्रमपूर्ण कथा बनाएर जनतालाई प्रभावित पार्ने प्रयास भइरहेको बताउनुभयो। उहाँले गलत सूचनामार्फत वास्तविकतालाई उल्टो देखाउने प्रवृत्ति समाजमा बढेको टिप्पणी गर्नुभयो।

एमाले अध्यक्ष ओलीले यस्तो प्रचारको मुख्य निशाना आफ्नो पार्टी बनेको दाबी गर्दै नेता–कार्यकर्तालाई सचेत रहन आग्रह गर्नुभयो। उहाँले एमाले केही राजनीतिक धक्काबाट गुज्रिए पनि समाप्त नभएको स्पष्ट पार्नुभयो।

‘हामी नयाँ शैली र परिपाटीका साथ अघि बढ्छौँ। हामीले धक्का खाएका छौँ, सिद्धिएका होइनौँ,’ ओलीले भन्नुभयो।

ओलीले एमाले अरू दलको सहारामा टिकेको नभई आफ्नै आधारमा स्थापित भएको दाबी गर्दै पार्टीलाई कमजोर बनाउने प्रयास सफल नहुने बताउनुभयो।