काठमाडौं । महाराजगञ्जस्थित चप्पल कारखाना अगाडि शुक्रबार दिउँसो सवारी दुर्घटना भएको छ। करिब १ बजेतिर दुई वटा गाडी एकआपसमा ठोक्किँदा अनियन्त्रित भएका ती सवारीले सडकमा गुडिरहेका तीन वटा मोटरसाइकललाई समेत ठक्कर दिएका हुन्।
दुर्घटनापछि घाइतेको उद्धारका लागि महाराजगञ्ज प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरी वृत्त महाराजगञ्जका अनुसार दुर्घटनामा परेका सवारी साधन र घाइतेहरूको विवरण संकलन भइरहेको छ।
दुर्घटनामा संलग्न गाडीहरूको नम्बर तथा चालकसम्बन्धी विस्तृत विवरण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।