काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेर २ लाख ८५ हजार २ सय रुपैयाँ पुगेको छ। बुधबार सुन प्रतितोला २ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
यता, चाँदीको मूल्य प्रतितोला ९० रुपैयाँले घटेर ४ हजार ३ सय २५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी ४ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो।