Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

डाक्टरसहित स्वास्थ्य क्षेत्रका यी २३ कर्मचारीलाई सेवाबाट हटाउने गर्ने तयारी

डाक्टरसहित स्वास्थ्य क्षेत्रका यी २३ कर्मचारीलाई सेवाबाट हटाउने गर्ने तयारी

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले २३ जना कर्मचारीलाई सेवाबाट बर्खास्त गर्ने तयारी गरेको छ। 

मन्त्रालयले आज सूचना जारी गर्दै बिदा स्वीकृत नगराई ६० दिनसम्म आफ्नो कार्यालयमा अनुपस्थित हुने स्वास्थ्य क्षेत्रका २३ जना कर्मचारीलाई सेवाबाट हटाउने तयारी गरेको हो। 

सेवाबाट हटाउने तयारी गरिएका २३ कर्मचारीको विवरण सार्वजनिक गर्दै मन्त्रालयले उनीहरूलाई सफाइ पेस गर्न १५ दिनको समय दिएको छ। 

उनीहरू वीर अस्पताल, कान्ति बाल अस्पताल, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र भक्तपुर, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु र आयुर्वेद चिकित्सालय नरदेवीमा कार्यरत थिए। 

नेपाल स्वास्थ्य सेवा एने, २०५३ को दफा ७४ को उपदफा (१) बमोजिम उनीहरूले बिदा स्वीकृत नगराई लगातार ६० दिनसम्म कार्यालयमा अनुपस्थित भएका मन्त्रालयले जनाएको छ। 

हेर्नुहोस् सूचना