Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

कृषिविकास बैंकको ‘समष्टि’ साहित्यिक पत्रिकाको १२१औँ अङ्क विमोचन, नियमित प्रकाशनलाई थप विस्तार गर्ने घोषणा

कृषिविकास बैंकको ‘समष्टि’ साहित्यिक पत्रिकाको १२१औँ अङ्क विमोचन, नियमित प्रकाशनलाई थप विस्तार गर्ने घोषणा

काठमाडौँ ।कृषि विकास बैंक लिमिटेडद्वारा प्रकाशित समष्टि साहित्यिक पत्रिकाको १२१औँ अङ्क २१३औँ भानु जयन्तीको अवसरमा आयोजित समारोहबीच विमोचन गरिएको छ।

बैंकको मुख्य कार्यालयमा आयोजित कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष टंकप्रसाद पाण्डेय प्रमुख अतिथि तथा सञ्चालक समिति सदस्य सञ्जीव पौडेल अध्यक्ष रहेका थिए। कार्यक्रममा अध्यक्ष पाण्डेयले बैंकले वित्तीय सेवासँगै लामो समयदेखि साहित्यको संरक्षण र प्रवर्द्धनमा योगदान दिएको भन्दै पत्रिकाको निरन्तरतामा जोड दिए।

बैंकका प्रमुख कार्यकारी अधिकृत तथा पत्रिकाका संरक्षक गोविन्द गुरुङले *समष्टि*को गौरवपूर्ण इतिहास स्मरण गर्दै हाल अर्धवार्षिक रूपमा प्रकाशित पत्रिकालाई आगामी आर्थिक वर्ष २०८३/८४ देखि चौमासिक र त्यसपछि क्रमशः त्रैमासिक हुँदै मासिक रूपमा प्रकाशन गर्ने योजना रहेको जानकारी दिए।

कार्यक्रममा पूर्व सम्पादक शैलेन्द्र साकारले पत्रिकाको प्रारम्भिक यात्राको सम्झना गर्दै यसको साहित्यिक योगदानको चर्चा गरे भने अर्का पूर्व सम्पादक अनिल पौडेलले *समष्टि*लाई अझ गुणस्तरीय बनाउँदै राष्ट्रिय स्तरको साहित्यिक पत्रिकाका रूपमा अघि बढाउनुपर्ने धारणा राखे।

कार्यक्रममा सम्पादन समूहका अध्यक्ष तथा बैंकका उपमहाप्रबन्धक प्रताप सुबेदीले स्वागत मन्तव्य राखेका थिए भने सञ्चालन *समष्टि*का सम्पादक शान्तिराम भट्टराईले गरेका थिए।