Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

एमाले युवा नेता वकिल बमसहित २४ जना समातिए

एमाले युवा नेता वकिल बमसहित २४ जना समातिए

काठमाडौँ । सोमबार एमालेका युवा नेता वकिल बमसहित २४ जनालाई प्रहरीले जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौंको तीनपिप्लेस्थित एक रिसोर्टमा कौडा खेलिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन्।

प्रहरीले उनीहरूको साथबाट ९ लाख ८० हजार २८५ रुपैयाँ बरामद गरेको जनाएको छ। जुवा खेलिरहेको सूचना पाएपछि प्रहरी टोलीले रिसोर्टमा छापा मार्दै उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेकामाथि प्रहरी वृत्त बालाजुले थप अनुसन्धान गरिरहेको छ। प्रहरीका अनुसार वकिल बम यसअघि पनि विभिन्न कसुरमा पक्राउ पर्दै र छुट्दै आएका व्यक्ति हुन्।