काठमाडौँ । मिटरब्याज पीडितलाई भेट्न गृहमन्त्री सुधन गुरुङ बाराको निजगढ जाने भएका छन्। २५ गते जनकपुरधामको तिरोतियागाछीबाट निस्केको मिटर ब्याज पीडितको पैदल न्याय मार्च सोमबार साँझ बाराको निजगढ पुगेका छन् ।
राति उद्योग बाणिज्य संघको सभाहलमा विश्राम गरेर आज बिहान पैदल मार्चमा निस्किन लागेका उनीहरूलाई स्थानीय प्रहरीले गृहमन्त्री सुदन गुरुङ भेट्न आउने जानकारी गराएको मिटरब्याज पीडितका नेता मनोज पासवानले जानकारी दिए ।