Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

मेयर दीपक रिसालले गोकर्णेश्वर नगरवासीका लागि १ लाखसम्म निःशुल्क उपचारका लागि गरे ॐ हस्पिटलसँग सम्झौता

मेयर दीपक रिसालले गोकर्णेश्वर नगरवासीका लागि १ लाखसम्म निःशुल्क उपचारका लागि गरे ॐ हस्पिटलसँग सम्झौता

काठमाडौं । गोकर्णेश्वर नगरपालिका र ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर (प्रा.) लि.बीच उपचारसम्बन्धी सम्झौता भएको छ।

सम्झौताअनुसार गोकर्णेश्वर नगरपालिकाका स्थायी बासिन्दाले बिरामी भई उपचार गराउँदा १ लाख रुपैयाँसम्म निःशुल्क उपचार सुविधा पाउने भएका छन्।

सार्वजनिक गरिएको जानकारीअनुसार उपचार खर्चमध्ये ८५ प्रतिशत रकम गोकर्णेश्वर नगरपालिकाले व्यहोर्नेछ भने १५ प्रतिशत छुट साथै, बिरामीलाई लाग्ने नेपाल सरकारले निर्धारण गरेको ३ प्रतिशत करसमेत नगरपालिकाले नै व्यहोर्ने व्यवस्था गरिएको छ।

नगरपालिकाले स्वास्थ्य सेवामा नागरिकको पहुँच सहज बनाउने उद्देश्यले ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरसँग यो सहकार्य गरेको जनाएको छ। गोकर्णेश्वर नगरपालिकाले यसअघि पनि विभिन्न स्वास्थ्य सेवा तथा उपचार सहुलियतका कार्यक्रम सञ्चालन गर्दै आएको छ।