Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव महावर नेपाल आउँदै, परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गर्ने

भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव महावर नेपाल आउँदै, परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गर्ने

काठमाडौँ । भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मन्नु महावर दुई देशबीचको ऊर्जा सहकार्यसम्बन्धी बैठकमा सहभागी हुन नेपाल भ्रमणमा आउने भएका छन्।

चीन, नेपाल र भुटान हेर्ने भारतीय विदेश मन्त्रालयको नर्थ डिभिजन प्रमुखसमेत रहेका महावर आगामी १३ जुलाईमा काठमाडौं आउने कार्यक्रम रहेको छ।

नेपाल बसाइका क्रममा उनले परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गर्नेछन्। साथै, नेपाल–भारत ऊर्जा तथा जलस्रोतसम्बन्धी संयुक्त समिति (जेएससी) र संयुक्त कार्यदल (जेजीब्जी) को बैठकमा पनि सहभागी हुनेछन्।

भ्रमणका क्रममा दुई देशबीच ऊर्जा सहकार्य, जलस्रोत र आपसी समन्वयका विषयमा छलफल हुने बताइएको छ।