Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

माजिद अन्सारीको रिहाइको माग गर्दै धर्ना बस्दा पक्राउ परेका २६ युवा रिहा गरिदै

माजिद अन्सारीको रिहाइको माग गर्दै धर्ना बस्दा पक्राउ परेका २६ युवा रिहा गरिदै

काठमाडौँ । जेन्जी अभियन्ता माजिद अन्सारीको रिहाइको माग गर्दै मोरङ जिल्ला प्रहरी कार्यालय अगाडि धर्ना दिएका क्रममा पक्राउ परेका २६ युवालाई प्रहरीले रिहा गर्ने भएको छ।

मोरङका प्रहरी प्रमुख एसपी कविद कटुवालका अनुसार उनीहरूलाई भविष्यमा यस्ता गतिविधि नगर्ने प्रतिबद्धतासहित कागज गराएर अभिभावकको जिम्मा लगाइनेछ। प्रहरीको आवागमनमा अवरोध पुर्‍याएका कारण उनीहरूलाई शनिबार राति नियन्त्रणमा लिइएको थियो।

एसपी कटुवालले सम्झाइबुझाइपछि युवाहरूले माफी मागेकाले रिहाइको प्रक्रिया अघि बढाइएको बताए।

कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा डुबान प्रभावित सुकुमबासीलाई भेट्न पुगेका अभियन्ता अन्सारी र प्रहरीबीच शुक्रबार विवाद भएको थियो। सो क्रममा प्रहरीको कुटपिटबाट अन्सारी घाइते भएको आरोप छ। उक्त घटनाको विरोधस्वरूप विराटनगरका युवाहरूले शनिबार साँझ जिल्ला प्रहरी कार्यालयको गेटमा धर्ना दिएका थिए।