Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सुनको मुल्यमा वृद्धि, तोलाको २ लाख ८८ हजार रुपैयाँ पुग्यो

सुनको मुल्यमा वृद्धि, तोलाको २ लाख ८८ हजार रुपैयाँ पुग्यो

काठमाडौँ । नेपाली बजारमा साताको पहिलो कारोबार दिन सुनको मूल्य पुनः बढेको छ भने चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेर २ लाख ८८ हजार रुपैयाँ पुगेको छ। शुक्रबार सुन प्रतितोला २ लाख ८७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

यता, चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले घट्दै ४ हजार ४७५ रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन शुक्रबार चाँदी प्रतितोला ४ हजार ५१० रुपैयाँमा कारोबार भएको थियो।