काठमाडौँ । सरकारले सरकारी कर्मचारीका लागि नयाँ आचारसंहिता लागू गर्दै कार्यालय र सार्वजनिक स्थलमा धूम्रपान, मदिरा सेवन, जुवातास खेल्ने तथा अन्य अमर्यादित गतिविधिमा संलग्न हुन नपाइने व्यवस्था गरेको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको आचारसंहिताको दफा ६(झ) अनुसार कर्मचारीले यस्ता कार्य गर्न वा गराउन पाउने छैनन्।
आचारसंहिताले स्वीकृतिबिना कुनै व्यक्ति वा संस्थाबाट उपहार वा आतिथ्यता स्वीकार गर्न नपाइने व्यवस्था पनि गरेको छ। साथै, व्यक्तिगत लाभ हुने कुनै पनि गतिविधिमा संलग्न हुन कर्मचारीलाई रोक लगाइएको छ।