काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओली देखि शेर बहादुर देउवा दम्पती सम्म सरकारको निगरानीमा रहेका छन् । विभिन्न आरोप लाग्दै आएका पुर्वप्रधानमन्त्री देखि मन्त्री सम्मलाई सरकारले निगरानी बढाउँदै लगेको छ ।
नयाँ सरकार गठन भएयता पूर्वप्रधानमन्त्री, पार्टी अध्यक्ष देखि पूर्वमन्त्रीलाई पक्राउ गरिएपनि पर्याप्त कानुनी आधार र मुद्दा दायर गर्ने प्रमाण जुटाउन नसकेपछि सर्वोच्च अदालतको आदेश र कानुनी प्रक्रियापछि केही रिहा भइसकेका छन् भने केहीँ नेतामाथि अझै हिरासतमै राखेर अनुसन्धान जारी छ । अहिले पनि एमाले अध्यक्ष केपी शर्मा ओली,शेर बहादुर देउवा,आरजु राणा देउवा,रमेश लेखक,दिपक खड्का लगाएका नेताहरु माथि सरकारले निगरानी राखेको छ भने एमाले उपाध्यक्ष विष्णु पौडेल हिरासतमा रहेका छन् ।
देउवा दम्पती हाल उपचारको सिलसिलामा विदेशमा रहेपनि सरकारले निगरानी बढाइरहेको छ । देउवा दम्पतीले आफूहरू स्वास्थ्य उपचारका लागि विदेशमा रहेको जानकारी दिँदै गत जेठ २८ मा सम्पत्ति शुद्धीकरण विभागलाई इमेलमार्फत पत्र पठाएर आगामी साउन २९ भित्र नेपाल फर्किएर अनुसन्धानमा पूर्ण सहयोग गर्ने बताइसकेका छन् । तर उनीहरु कहिले फर्किन्छन् भन्ने विषयमा भने कांग्रेसका नेताहरु अनविज्ञ छन् ।