काठमाडौं । बिहीबार दिउँसो रातो पुलबाट धोबी खोलामा हाम फालेका एक युवकको प्रहरीले खोजी सुरु गरेको छ।
करिब २५ वर्षजस्तो देखिने एक युवकले रातो पुलबाट धोबी खोलामा हाम फालेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटना भएको सूचना प्राप्त हुनासाथ प्रहरी टोली परिचालन गरी खोजी अभियान सुरु गरिएको हो।
प्रहरीले रातो पुलदेखि थापाथलीस्थित धोबीखोला–बागमती दोभानसम्म खोजी कार्य जारी राखेको जनाएको छ।