Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

राहदानी विभाग अगाडि आत्मदाह प्रयास गर्ने युवकको अवस्था गम्भीर

राहदानी विभाग अगाडि आत्मदाह प्रयास गर्ने युवकको अवस्था गम्भीर

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेटमा आत्मदाह प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको स्वास्थ्य अवस्था गम्भीर रहेको छ। उनको अहिले वीर अस्पतालमा सघन उपचार भइरहेको छ।

उनलेले मोटरसाइकलमा ह्वील लक लगाएपछि महानगर प्रहरीसँग भनाभन भएपछि आफ्नो शरीरमा पेट्रोल खन्याएर आगो लगाएको खुल्न आएको छ ।

गणेशको अनुहार, घाँटी, छाती, दुवै हात तथा खुट्टाको केही भागमा गम्भीर जलन भएको छ। प्रारम्भिक अनुमानअनुसार उनको शरीरको करिब ६० प्रतिशत भाग जलेको छ।

उनलाई आकस्मिक कक्षमा आवश्यक उपचार र परीक्षण सम्पन्न गरी बिरामीलाई सघन उपचार कक्ष (आईसीयू) मा सार्ने तयारी भइरहेको छ।  बिरामी सामान्य रूपमा बोल्न सक्ने अवस्थामा भए पनि स्वास्थ्य अवस्था अझै संकटपूर्ण छ।

चिकित्सकहरूले जलनका कारण संक्रमण, श्वासप्रश्वासमा समस्या, शरीरमा तरल पदार्थको कमी तथा अन्य अंगमा असर पर्ने उच्च जोखिम रहेकाले प्रारम्भिक २४ देखि ७२ घण्टा अत्यन्त संवेदनशील हुने बताएका छन्।