Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

गेटा अस्पताल अब शिक्षण अस्पतालका रूपमा सञ्चालन हुने

गेटा अस्पताल अब शिक्षण अस्पतालका रूपमा सञ्चालन हुने

काठमाडौँ । सरकारले कैलालीस्थित गेटा अस्पताललाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयअन्तर्गत शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति दिएको छ।

मन्त्रिपरिषद्को बुधबारको निर्णयसँगै अस्पतालबाट विशेषज्ञ स्वास्थ्य सेवासँगै चिकित्साशास्त्र अध्ययन–अध्यापन, अनुसन्धान र दक्ष स्वास्थ्य जनशक्ति उत्पादनको बाटो खुलेको छ।

सुदूरपश्चिममा गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षाको पहुँच विस्तार गर्ने उद्देश्यले स्थापना गरिएको गेटा अस्पताल लामो समयदेखि पूर्ण क्षमतामा सञ्चालन हुन सकेको थिएन। अब स्वीकृतिपछि संस्थागत संरचना, शैक्षिक कार्यक्रम र आवश्यक जनशक्ति व्यवस्थापनको प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।