काठमाडौँ । निर्माण क्षेत्रमा देखिएका समस्या, चुनौती र समाधानका उपायबारे छलफल गर्न प्रधानमन्त्री वालेन्द्र शाहले आज निर्माण व्यवसायीहरूसँग संवाद गर्दै छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा साढे ११ बजे हुने छलफलमा नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष निकोलश पाण्डे, वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, महासचिव शिवहरि घिमिरे, बागमती प्रदेश उपाध्यक्ष बालकृष्ण थापा तथा पूर्वअध्यक्ष एवं सल्लाहकार जयराम लामिछाने सहभागी हुनेछन्। छलफलमा निर्माण क्षेत्रका नीतिगत सुधार र सहजीकरणका विषयमा पनि विचारविमर्श हुने जनाइएको छ।