काठमाडौँ । नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्रीका लागि बोलकबोल आह्वान गरेको छ।
राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले सार्वजनिक सूचना जारी गर्दै ऋणपत्र २०८४ ‘च’ अनलाइन माध्यमबाट बोलकबोल गर्न सकिने जनाएको हो।
बोलकबोल प्रक्रियामा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्।
सहभागी संस्थाले आफूले लिन चाहेको ऋणपत्र रकम र ब्याजदर उल्लेख गर्नुपर्नेछ। राष्ट्र बैंकका अनुसार न्यूनतम ५ करोड रुपैयाँदेखि कुल आह्वान रकमसम्म बोलकबोल गर्न सकिनेछ।