Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

जनकपुरका गुठी जग्गा संरक्षण र अतिक्रमण हटाउन ९ सदस्यीय समिति गठन

जनकपुरका गुठी जग्गा संरक्षण र अतिक्रमण हटाउन ९ सदस्यीय समिति गठन

काठमाडौँ । जनकपुरका गुठी जग्गा, रामजानकी मन्दिर परिसर तथा पोखरी क्षेत्रको संरक्षण र अतिक्रमण हटाउन सरकारले ९ सदस्यीय कार्यान्वयन समिति गठन गरेको छ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुठी संस्थानका गुठी प्रशासक ध्रुव घिमिरेको संयोजकत्वमा समिति गठन गर्दै बृहत्तर जनकपुर क्षेत्रका मठ–मन्दिर, पोखरी र गुठी जग्गाको संरक्षण तथा व्यवस्थापनको जिम्मेवारी दिएको हो।

समितिले मन्दिर परिसर, पोखरी र पोखरीका डिलमा भएका अतिक्रमण हटाउन सम्बन्धित व्यक्तिलाई सात दिनभित्र तथा अन्य गुठी जग्गामा भएका अतिक्रमण हटाउन १५ दिनभित्र जग्गा खाली गर्न सूचना जारी गर्नेछ। तोकिएको समयभित्र अतिक्रमण नहटाए स्थानीय प्रशासन र स्थानीय तहको समन्वयमा हटाइने मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार विगतका अध्ययन र आयोगका प्रतिवेदन कार्यान्वयन गर्दै बृहत्तर जनकपुर क्षेत्रका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्वका गुठी सम्पत्तिको संरक्षणलाई थप प्रभावकारी बनाइनेछ।

875e0b3f-180b-46df-a5c7-b4bd1edf3f79.jpg