Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रास्वपाका केन्द्रीय सदस्यहरूको शपथ आज

रास्वपाका केन्द्रीय सदस्यहरूको शपथ आज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित केन्द्रीय सदस्यहरूको शपथ ग्रहण आज हँदैछ। 

बुधबार बिहान ११ बजे काठमाडौँको वनस्थलीस्थित पार्टी कार्यालयमा नवनिर्वाचित केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रम राखिएको रास्वपाका महामन्त्री विपिन आचार्यले जनाएको छ।

‘सभापति ज्यूको शपथ ग्रहण उतिबेलै भएको थियो,’ आचार्यले नेपालखबरसँग भने, ‘आज निर्वाचित केन्द्रीय सदस्य र अन्य पदाधिकारीको शपथ हुन्छ।’

रास्वपाको पहिलो महाधिवेशनबाट ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्। यही असार ७ गतेदेखि चितवनमा सुरु भएको रास्वपाको महाधिवेशन १२ गतेसम्म चलेको थियो।

रास्वपाका बाँकी ५१ जना केन्द्रीय सदस्य भने सभापतिले मनोनित गर्ने व्यवस्था छ। बाँकी पदाधिकारी र केन्द्रीय सदस्यको मनोनयनको लागि केन्द्री समितिको बैठक बस्नुपर्ने आचार्यले बताए।

रास्वपामा एकजना सभापति, तीनजना उपसभापति, दुईजना महामन्त्री, पाँचजना सहमहामन्त्रीसहित १५८ जना केन्द्रीय सदस्य हुने व्यवस्था छ। 

बाँकी पदाधिकारी र केन्द्री सदस्यको मनोनयन सभापति रवि लामिछानेले गर्नेछन्।