काठमाडौँ । कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरी वातावरण तथा दिगो विकाससम्बन्धी उच्चस्तरीय अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन आज थाइल्याण्ड प्रस्थान गरेकी छन्। बैंककमा जुन २९ देखि जुलाई ३ सम्म सञ्चालन हुने पाँचदिने सम्मेलनमा उनले नेपालको प्रतिनिधित्व गर्नेछिन्।
जुन २९–३० मा हुने High-Level Segment of the Seventh Global Conference on Strengthening Synergies between the Paris Agreement and the 2030 Agenda for Sustainable Developmentमा जलवायु परिवर्तन न्यूनीकरण, पेरिस सम्झौताको कार्यान्वयन र दिगो विकास लक्ष्य (SDGs) बीचको सहकार्यका विषयमा छलफल हुनेछ।
यस्तै, जुलाई १–३ मा आयोजना हुने Ninth Session of the Committee on Environment and Development at the Ministerial Levelमा वातावरण संरक्षण, जलवायु अनुकूलन, हरित अर्थतन्त्र तथा दिगो विकासका साझा चुनौती र समाधानका विषयमा मन्त्री चौधरीले नेपालको धारणा प्रस्तुत गर्नेछिन्। साथै, उनले जलवायु परिवर्तनका असर र हिमाली मुलुकहरूले भोगिरहेका चुनौतीबारे नेपालको अनुभव अन्तर्राष्ट्रिय समुदायसमक्ष राख्ने कार्यक्रम रहेको छ।