Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

तुलसी सहकारीका १५८ साना बचतकर्ताको रकम फिर्ता

तुलसी सहकारीका १५८ साना बचतकर्ताको रकम फिर्ता

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ। समितिका अनुसार पहिलो चरणमा १५८ जनालाई उनीहरूको बचत रकम फिर्ता गरिएको हो।

सरकारका अनुसार समस्याग्रस्त सहकारीबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनमार्फत प्राप्त रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको हो। पहिलो चरणमा कम बचत भएका बचतकर्तालाई प्राथमिकतामा राखिएको समितिले जनाएको छ।

समितिले आगामी चरणमा बचत रकमका आधारमा वर्गीकरण गर्दै अन्य बचतकर्ताको रकम पनि क्रमशः फिर्ता गरिने बताएको छ। कानुनी व्यवस्थाअनुसार यस्तो प्रक्रिया निरन्तर सञ्चालन भइरहेको पनि उल्लेख गरिएको छ।