काठमाडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतको ओपिडी सेवा पुनः सञ्चालनमा आउने भएको छ। अस्पताल प्रशासनले जारी गरेको सूचनाअनुसार यो सेवा २०८३ असार १५ गतेदेखि पुनः सुरु हुनेछ।
अस्पतालका अनुसार बीमा अन्तर्गत ओपिडी टिकट लिनका लागि निश्चित समय तोकिएको छ। सेवाग्राहीले बिहान ७:०० देखि ११:०० बजेसम्म र दिउँसो १:०० देखि २:३० बजेसम्म टिकट काउन्टरबाट सेवा लिन सक्नेछन्।
बीमा सम्बन्धी कुनै समस्या वा थप जानकारीका लागि स्वास्थ्य बीमा तथा सामाजिक सुरक्षा शाखामा सम्पर्क गर्न सकिने अस्पतालले जनाएको छ। उक्त शाखाकी प्रमुख डा. भावना घलेलाई सम्पर्क व्यक्तिका रूपमा तोकिएको छ।