Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सुनको मूल्यमा एकैदिन ४ हजार ७ सय रुपैयाँको उछाल

सुनको मूल्यमा एकैदिन ४ हजार ७ सय रुपैयाँको उछाल

काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य उल्लेख्य रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला ४ हजार ७ सय रुपैयाँले बढेर २ लाख ८३ हजार ८ सय रुपैयाँ पुगेको छ।

शुक्रबार प्रतितोला २ लाख ७९ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज नयाँ मूल्यमा किनबेच भइरहेको छ। यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १४५ रुपैयाँले वृद्धि भई ४ हजार ३२५ रुपैयाँ कायम भएको छ।