Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

माइतीघरमा सुकुम्बासीहरुको प्रदर्शन

माइतीघरमा सुकुम्बासीहरुको प्रदर्शन

काठमाडौं । वैकल्पिक बसोबासको व्यवस्था नगरी होल्डिङ सेन्टरबाट हटाउन लागिएको भन्दै सुकुम्बासीहरूले काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरेका छन्। राज्यले जबर्जस्ती विस्थापन गरेको आरोपसहित विभिन्न कम्युनिस्ट घटकका कार्यकर्ताहरू पनि प्रदर्शनमा सहभागी भएका थिए।

प्रदर्शनकारीहरूले भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीमाथि दमन भएको भन्दै तत्काल निष्कासन प्रक्रिया रोक्न र सम्मानजनक पुनर्स्थापनाको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। उनीहरूले सरकारविरुद्ध नाराबाजी गर्दै वैकल्पिक व्यवस्था बिना कुनै पनि बस्ती हटाउन नहुने अडान राखेका छन्।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति ले शुक्रबार सूचना जारी गर्दै होल्डिङ सेन्टर खाली गर्न असार १९ गतेसम्मको समय दिएको छ। गत वैशाखमा काठमाडौं उपत्यकाका नदीकिनारका बस्ती हटाइएपछि विस्थापित परिवारहरूलाई हाल होल्डिङ सेन्टरमा राखिएको थियो।