Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सुनको मुल्यमा वृद्धि , प्रतितोला २ लाख ७९ हजार १ सय रुपैयाँ पुग्यो

सुनको मुल्यमा वृद्धि , प्रतितोला २ लाख ७९ हजार १ सय रुपैयाँ पुग्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको कारोबार मूल्य बढेर प्रतितोला २ लाख ७९ हजार १ सय रुपैयाँ पुगेको छ। बिहीबार यसको मूल्य २ लाख ७८ हजार ३ सय रुपैयाँ थियो।

यता, चाँदीको मूल्य भने घटेको छ। बिहीबार प्रतितोला ४ हजार २३५ रुपैयाँ रहेको चाँदी शुक्रबार ५५ रुपैयाँले घटेर ४ हजार १८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।