Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

गोरङ्गे ब्यारेकमा बम विस्फोट, एक सैनिकको मृत्यु

गोरङ्गे ब्यारेकमा बम विस्फोट, एक सैनिकको मृत्यु

काठमाडौँ । कैलालीको लम्कीचुहा नगरपालिका–३ स्थित नेपाली सेनाको गोरङ्गे ब्यारेकमा ग्रेनेड विस्फोट हुँदा एक सैनिक जवानको मृत्यु भएको छ भने एक जना अधिकारी घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार विस्फोटमा कञ्चनपुरका ३७ वर्षीय हिमाल विक्रम विष्टको ज्यान गएको हो। घटनामा कैलालीका सहसेनानी हिमराज जैसी गम्भीर घाइते भएका छन्।

घाइते जैसीलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइँदै रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।