Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रास्वपा महाधिवेशनमा मतदान अपेक्षाभन्दा कम, ३ हजार मत पनि नपुग्ने संकेत

रास्वपा महाधिवेशनमा मतदान अपेक्षाभन्दा कम, ३ हजार मत पनि नपुग्ने संकेत

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत पहिलो चरणको निर्वाचनमा मतदान संख्या अपेक्षाभन्दा कम रहने देखिएको छ। ४ हजार २ सय प्रतिनिधि सहभागी भए पनि दिउँसो १२:३० बजेसम्म २ हजार ९ सय ५० जनाले मात्रै विद्युतीय मतदान गरेका छन् भने अन्तिम समयमा ८–१० जना मात्र लाइनमा रहेका थिए।

निर्वाचन प्रक्रिया ढिलो हुँदा धेरै प्रतिनिधि घर फर्किएकाले मतदाताको संख्या ३ हजार नकट्ने आकलन गरिएको रास्वपाका एक नेताले बताएका छन्।

यता, उम्मेदवारहरूको क्रमांक मिलान नभएको, परिचित नाम उल्लेख नगरिएको तथा उम्मेदवारी दिइएको क्लष्टरभन्दा फरक क्लष्टरमा राखिएको भन्दै असन्तुष्टि पनि देखिएको छ। ती उम्मेदवारहरू पराजित भएमा दोस्रो चरणमा हुने पदाधिकारी निर्वाचनमा सहभागी नहुने सम्भावना रहेको बताइएको छ।