Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

भेनेजुएलामा शक्तिशाली भूकम्प : हजारौँ मानिसको मृत्यु भएको आशंका

भेनेजुएलामा शक्तिशाली भूकम्प : हजारौँ मानिसको मृत्यु भएको आशंका

काठमाडौं । भेनेजुएलाको राजधानी काराकासमा केही सेकेन्डको अन्तरालमा भएको दुई ठूला भूकम्पमा हजारौँको मृत्यु भएको आशंका गरिएको छ । 

अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)का अनुसार मृत्यु हुनेको संख्या १० हजार नाघ्ने अनुमान गरिएको छ ।

भूकम्पका कारण भवनहरू भत्किएका छन् । मानिसहरू आफ्नो घर छोडेर सडकमा निस्किएका छन् । गृहमन्त्री डीओसडाडो काबेलोले मानिसहरूलाई आफ्नो घर खाली गर्न अपिल गरेका छन् ।

भूकम्प जाँदा भेनेजुएलाका नागरिकले राष्ट्रिय बिदा मनाइरहेका थिए, त्यसैले धेरै मानिसहरू घरमै रहेको बताइएको छ । 

यूएसजीएसका अनुसार बुधबार राति १०ः०४ जीएमटीमा काराकासबाट करिब २८४ किलोमिटर पश्चिममा पर्ने सान फेलिपनजिक ७.२ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसको केही समयपछि राजधानीबाट करिब २९३ किलोमिटर पश्चिममा रहेको युमारेनजिक ७.५ म्याग्निच्युडको अर्को शक्तिशाली भूकम्प गएको थियो ।