Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रास्वपा महाधिवेशन : मतदान सकिँदा १२ बज्ने

रास्वपा महाधिवेशन : मतदान सकिँदा १२ बज्ने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा मतदान जारी छ । गएराति १२ बजेबाट मतदान सुरु भएको मतदान जारी रहेको हो । 

मतदानको समय मध्याह्न १२ बजेसम्मलाई तोकिएको छ । बिहान ५ः५० सम्म एक हजार चार सयले मतदान गरेका छन् । 

“यही हिसाबले मतदान हुँदा मध्याह्न १२ बजेसम्म मतदान सकिन्छ होला,” प्राविधिक लक्ष्मण रिमालले भने, “एकजनालाई मतदान गर्न औसतमा १५ मिनेट लागिरहेको छ । त्यसैले १२ बजेसम्म मतदान सकिन अनुमान गरेका छौँ ।” ८० वटा मेसिनबाट मतदान भइरहेको छ । 

९९ केन्द्रीय सदस्य पदका लागि विद्युतीय मतदान भइरहेको हो । निर्वाचनमा ३८४ जना उमेदवारले आफ्नो उमेदवारी दर्ता गराएका छन् । करिब ४२ सय मतदाता छन् ।

मतदान सकिएको दुई घण्टामा मतपरिणाम आउने बताइएको छ ।