Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

अदालतमा बयान फेरेको आरोपमा एक युवकविरुद्ध भ्रष्टाचार मुद्दा,  ५० लाख बिगो दाबी

अदालतमा बयान फेरेको आरोपमा एक युवकविरुद्ध भ्रष्टाचार मुद्दा,  ५० लाख बिगो दाबी

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा बयान फेरेको आरोपमा विकास कुमार चापागाईविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

बुधबार विशेष अदालत काठमाडौंमा दायर गरिएको मुद्दामा अख्तियारले चापागाईसँग ५० लाख रुपैयाँ बिगो मागदाबी गरेको छ।

झलकराम अधिकारीसमेत प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा चापागाईलाई सरकारी साक्षीका रूपमा प्रस्तुत गरिएको थियो। अनुसन्धानका क्रममा सहयोग गरेकाले उनलाई सजायको मागदाबीबाट छुट दिइएको थियो।

तर, विशेष अदालतमा गत जेठ १३ गते बकपत्र गर्ने क्रममा उनले अख्तियारसमक्ष दिएको बयान र मिसिलमा रहेका प्रमाणविपरीत अभिव्यक्ति दिएको आयोगको दाबी छ।

आयोगले बुधबार जारी गरेको विज्ञप्तिमा अनुसन्धानका बेला दिएको बयानभन्दा फरक बकपत्र गरेको पुष्टि भएपछि चापागाईविरुद्ध कानुनी कारबाही अघि बढाइएको उल्लेख गरेको छ।